विद्यालय व्यवस्थापन समिति खारेज हुनुपर्छ : अमरेश सिंह

नेपालभ्युज

विद्यालय व्यवस्थापन समिति खारेज हुनुपर्छ : अमरेश सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विद्यालय व्यवस्थापन समिति खारेज हुनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा शिक्षा विधेयकमाथि बोल्ने क्रममा उनले विद्यालय सञ्चालनका लागि बनाउने विद्यालय व्यवस्थापन समिति खारेज हुनुपर्ने बताएका हुन् ।

विव्यसले सबै शिक्षकहरूलाई दलको झोले बनाइएको उनको भनाइ छ । ‘विदेशीले नेपाललाई बर्बाद पार्नको लागि व्यवस्थापन समिति लादिएको हो शिक्षा मन्त्रालयलाई घुस खुवाएर, शिक्षा मन्त्रालयलाई एनजीओकरण गराएर, व्यवस्थापन समितिको कुनै आवश्यकता छैन’, उनले भने, ‘त्यो खारेज गर्नुपर्छ ।’

व्यवस्थापन समितिलाई शिक्षक नियुक्तिको अधिकार दिनु गलत भएको उनको भनाइ छ ।

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved