ओलीको टिप्पणी- माओवादीमा टेको लागेको निरीह कांग्रेसले केही गर्न सक्दैन

जनमतले कारबाही गरेका कुशवाह एमालेमा प्रवेश

नेपालभ्युज

ओलीको टिप्पणी- माओवादीमा टेको लागेको निरीह कांग्रेसले केही गर्न सक्दैन
फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय नेपाली कांग्रेस निरीह भएर माओवादीमा टेको लागेको टिप्पणी गरेका छन् ।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले ३२ सिट भएको माओवादीको पछि लागेर कांग्रेसले निरीहता प्रस्तुत गरेको टिप्पणी गरेका हुन् ।

‘कांग्रेस साँच्चै पुरानो भयो । केही पनि गर्न नसक्ने । ८७ सीट छ तर ३२ सीटको पछाडि लुरुलुरु लागेको छ । निरीह भएको छ’, उनले भने, ‘आफूसँग कति सीट छ पनि चाल पाउँदैनन् ।’

उनले माओवादीका नेता कार्यकर्ताले आफूसँगको भेटमा गुनासो पोख्ने गरेको पनि बताएका छन् ।

उनले एकीकृत समाजवादीले कांग्रेसको पछि लाग्नुमा नै गर्व गरिरहेको पनि बताए । एकीकृत समाजवादी कांग्रेसको, कांग्रेस माओवादीको र माओवादी आफन्त र नातागोताको पछि लागेको टिप्पणी गरे ।

जनमतले कारबाही गरेका कुशवाह एमालेमा प्रवेश

उक्त कार्यक्रममा जनमत पार्टीबाट कारबाहीमा परेका बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन् ।

१० वैशाखमा भएको स्थानीय चुनावमा कुशवाह बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी उपनिर्वाचनको केही दिनअघि जनमत पार्टी प्रवेश गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved