डाक्टरलाई प्रधानमन्त्रीको आश्वासन- सुरक्षाको जिम्मा सरकारले लिन्छ, निर्धक्क भएर उपचारमा खटिनुस्

नेपालभ्युज

डाक्टरलाई प्रधानमन्त्रीको आश्वासन- सुरक्षाको जिम्मा सरकारले लिन्छ, निर्धक्क भएर उपचारमा खटिनुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले स्वास्थ्यकर्मीहरुलाई पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय हुन आग्रहसमेत गरे ।

उनले वीर अस्पताललाई अझै विस्तार र सुविधा सम्पन्न बनाउन नेपाल सरकार थप लगानी प्रतिबद्ध रहेको बताए ।

नर्सिङ सेवासँग सम्बन्धित समस्या समाधान गर्नेतिर सरकारले दृढतापूर्वक काम अघि बढाएको उनको भनाइ छ ।

संविधानमा व्यवस्था भएबमोजिम मौलिक हकहरुको कार्यान्वयनका निम्ति आवश्यक पर्ने कानून निर्माण, संरचनाको विकास र सेवा प्रवाहका क्षेत्रमा अझै थुप्रै काम गर्न बाँकी रहेको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको भन्दै राजनीति र जीवन व्यवहार नागरिको स्वार्थ र हीतमा समर्थित गरेर मात्र लोकतान्त्रिक राज्यको औचित्य पुष्टि हुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved