ओलीको आग्रह- सामाजिक सद्भाव नबिथोलौं, राष्ट्रिय धर्म जोगाऔं

नेपालभ्युज

ओलीको आग्रह- सामाजिक सद्भाव नबिथोलौं, राष्ट्रिय धर्म जोगाऔं
फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् । नेपालगञ्जमा भड्किएको साम्प्रदायिक द्वन्द्वप्रति लक्षित गर्दै ओलीले राष्ट्रिय धर्म जोगाउन पनि आग्रह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले अध्यक्ष ओलीले एक आपसमा धार्मिक आस्थाको सम्मान गर्दै राष्ट्रिय एकता कायम राख्न पनि आह्वान गरेका छन् ।

उनले लेखेका छन् –

हाम्रो समाजको मुख्य विशेषता विविधता बीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्थामाथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन्। पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सद्भाव र सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं । हाम्रो राष्ट्रिय एकता जोगाऔं ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved