सिक्किममा आएको बाढीमा परी २३ भारतीय सैनिक बेपत्ता

नेपालभ्युज

सिक्किममा आएको बाढीमा परी २३ भारतीय सैनिक बेपत्ता

सिक्किम। उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको भीषण बाढीमा २३ सैनिक बेपत्ता भएका छन् ।

भारतीय सेनाका अनुसार उत्तर सिक्किमको ल्होनाक ताल फुटेर अप्रत्यासित रुपमा टिस्टा नदीमा बाढी आउँदा २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको छ । बेपत्ताको खोजी कार्य जारी रहेको भारतीय सेनाले बताएको छ ।

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै, ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ ।

चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ ।

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ ।

सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु असामान्य हो । अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved