विद्यार्थी संगठनलाई क्याम्पस चलाउ भनेकोमा मैनालीको आपत्ति-लाज ढाक्नुस्

नेपालभ्युज

विद्यार्थी संगठनलाई क्याम्पस चलाउ भनेकोमा मैनालीको आपत्ति-लाज ढाक्नुस्

काठमाडौं । ईन्जिनियरङ अध्ययन संस्थान विद्यार्थीलाई जिम्मा लगाउने विभागीय प्रमुखहरुको कदमप्रति अखिल(क्रान्तिकारी)का उपाध्यक्ष जीपी मैनालीले कडा आपत्ति जनाएका छन् ।

मंगलबार पुल्चोक क्याम्पसका ६ जना विभागीय प्रमुखले विज्ञप्ति निकाल्दै विद्यार्थी संगठनहरुलाई क्याम्पस चलाउ भनेकोमा मैनालीले प्राध्यापकहरूको हैसियत र सोचमाथि  प्रश्न उठाउँदै आपत्ति जनाएका हुन् ।

मैनालीले भने, ‘ईन्जिनियरिङ अध्ययन संस्थान’ हो कि ‘एकान्तकुनाको यातायात कार्यालय ?’ बस व्यवसायी संघ संचालक समितिका सदस्यहरु जस्ता किन देखिन थाले पुल्चोक मुख्यालयमा बडे बडे कुर्सीमा बस्नेहरु । लाज ढाक्नुस् ।’ उनले प्रतिष्ठित अध्ययन संस्थान नै बदनाम हुन थालेको भन्दै  गैर जिम्मेवारीपनले हद पार गर्न लागेन र ?  भन्दै  प्रश्न गरेका छन् ।

लामो समयदेखि शुल्क वृद्धिसँग सम्बन्धी विवादमा अल्झिएको आइओईले यो वर्ष प्रवेश परीक्षा सञ्चालन गर्न नसक्दा अभिभावक र विद्यार्थी चिन्तित छन् भने मुलुकमा शैक्षिक वातावरण नभएको भन्दै विद्यार्थी विदेशी विश्वविद्यालयमा जाने क्रम तीव्र भएको छ ।

मंगलबार क्याम्पसका विभागी प्रमुखहरूले नवनिर्वाचित स्ववियु सभापतिहरूले याे भन्दा राम्ररी कलेज चलाउने भनेर दिएकाे अभिव्यक्तिकाे सम्मान गर्दै विद्यार्थीलाई कलेज चलाउन दिने छलफल भएकाे भन्दै विज्ञप्ति जारी गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved