विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री

नेपालभ्युज

विद्यार्थीहरू विदेश पलायनबारे गहिरो अध्ययन गरौँ : शिक्षामन्त्री

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।

मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरू विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपाल विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए । शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनितिक हस्तक्षेप धेरै रहेको बताए ।

उनले भने, ‘विद्यार्थीहरू विदेश पलायन हुनेबारे रिसर्च गरौँ । यसको गहिरो अध्ययन गर्नुपर्‍यो भन्ने मैले स्मरण गरिराखेको छु । अहिले भएका विश्वविद्यालय बाहेक अरु विश्वविद्यालय थप्दै गएका छौँ । पाइप लाइनमा अरु पनि छन् । यस्तो विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ । प्रतिभा भएका व्यक्ति व्यक्तित्वले मिलेर देशको सेवा गर्छौ र देशमा योगदान मिसाउँछौ भनेर पहलकदम लिइरहेको बेला उनीहरूलाई निरुत्साहित गर्नुहुँदैन ।’

चालु विश्वविद्यालयभन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने मन्त्री राईको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved