पार्टीका पदाधिकारीसँग प्रचण्डले भने- अमेरिका र चीन भ्रमण सोचेभन्दा सफल भयो

नेपालभ्युज

पार्टीका पदाधिकारीसँग प्रचण्डले भने- अमेरिका र चीन भ्रमण सोचेभन्दा सफल भयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अमेरिका र चीन भ्रमण सोचेभन्दा फलदायी भएको निष्कर्ष सुनाएका छन् ।

भ्रमणबारे पार्टीका पदाधिकारीलाई ब्रिफिङ गर्न बोलाएको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमण सोचेभन्दा सफल भएको निष्कर्ष सुनाएका हुन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रचण्डले भने, ‘चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक र सफल भएको छ । त्यहाँ हामीले नेपाललाई केन्द्रमा राखेर महत्वपूर्ण सहमति र सम्झौता गरेका छौं । त्यसलाई कार्यान्वयन गराउनतिर अब हामी लाग्नुपर्छ ।’

शनिबार चीन भ्रमणबाट नेपाल फर्किएपछि प्रचण्डले आज पार्टीका नेताहरूसँग छलफल गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved