काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधीन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताएकी छन् ।
मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने बताएकी हुन् ।

सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न पुगकी उनले सञ्चारकर्मीमाझ असोज महिनाभित्र सम्पन्न गरिसक्ने सर्तमा पछिल्लो समय पनि आफूले ६ महिना म्याद थप गरिदिएको तर काम सोहीअनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

मन्त्री गुरुङले आफूहरुले हिउँदे अधिवेशन सोही भवनबाटै शुरु गर्नेगरी सम्बन्धित निकायलाई निर्माण कार्य सम्पन्न गर्न पटकपटक ताकेता गरेको पनि बताए । म्याद थप गरेर समस्या समाधान नहुने भएकाले सम्बन्धित पक्षले असोज महिना भित्र सो भवनको निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।
Facebook Comment
Comment