कुकुर पाल्न नगरपालिकाको अनुमती लिनुपर्ने

नेपालभ्युज

कुकुर पाल्न नगरपालिकाको अनुमती लिनुपर्ने

काठमाडौं ।  बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमती लिन सर्वसाधरणलाई आग्रह गरेको छ । नगरपालिकाले आइतबार एक सुचना जारी गर्दै निजी रुपले पालेका कुकुरहरुलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन आग्रह गरेको हो ।

बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरहरुको संख्या बृद्धि भई फाेहाेर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले  यस्तो नीति लिएको बताएको छ ।

नागरिकबाट गुनासो आए सँगै कुकुर व्यवस्थापनका निम्ती नगरपालिकाले १५ दिन भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाईने नगरपालिकाले सोही सुचनामार्फत जानकारी गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved