प्रधानमन्त्रीलाई माधवको ध्यानाकर्षण : मुलुकको मुख्य समस्या आर्थिक मन्दी, संकटको गम्भीरताप्रति ध्यान जाओस्

नेपालभ्युज

प्रधानमन्त्रीलाई माधवको ध्यानाकर्षण : मुलुकको मुख्य समस्या आर्थिक मन्दी, संकटको गम्भीरताप्रति ध्यान जाओस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक संकटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक–साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक क्षेत्रको समस्या समाधानमा सरकारको ध्यान नपुगेको भन्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

अध्यक्ष नेपालले हस्ताक्षर गरेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘जनतामा ब्याप्त निराशा–हतासाको  अवस्थालाई प्रयोग गर्दै कतिपय अवान्छित तत्वहरु हाम्रो समाजमा जातीय, धार्मिक–साँस्कृतिक द्वन्द्व मच्चाउन समेत लागि परेका छन् ।’

देशमा देखिएका संकटको समाधानका लागि सरकारले गम्भीर कदम नचाल्ने हो भने परिस्थिति झन् खराब हुने एकीकृत समाजवादीको धारणा छ । ‘त्यसैले अहिलेको संकटको गम्भीरताप्रति सरकारको ध्यान जाओस् र आवश्यक आर्थिक, वित्तीय र मौद्रिक कदम चालियोस् भन्ने ध्यानाकर्षण गर्न चाहन्छौं’,  उक्त पत्रमा भनिएको छ ।

सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा लिएका कदमको जनस्तरबाट समर्थन भए पनि आर्थिक क्षेत्रको समस्या समाधानमा भने सरकारको ध्यान नपुगेको एकीकृत समाजवादीको ठहर छ ।

उत्पादन र आयात घटेको, युवा र दक्ष जनशक्ति विदेश पलायन भएको, पुँजीगत खर्च घटेको, बैंकमा पर्याप्त रकम भए पनि ब्याजदर बढी भएर लगानी घटेको उसको दाबी छ । उद्योग व्यवसाय आम रुपमा घटेको, उद्योगी व्यवसायीमा निराशा देखिएको र रोजगारी गुम्दै गएको   ध्यानाकर्षणपत्रमा जनाइएको छ ।

हेर्नुस्  ध्यानाकर्षणपत्र-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved