अमेरिकाको न्युयोर्कमा आँधीले क्षति, आपतकालीन अवस्थाको घोषणा

नेपालभ्युज

अमेरिकाको न्युयोर्कमा आँधीले क्षति, आपतकालीन अवस्थाको घोषणा

अमेरिकाको न्युयोर्क सहरमा शक्तिशाली आँधीपछि आपत्कालीन अवस्था घोषणा गरिएको छ। बाढीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको हो । सडक र विमानस्थल अस्तव्यस्त भएको छ।

लागार्डिया एअरपोर्टको एउटा टर्मिनल बाढीपछि बन्द गरिएको छ। जनजीवन प्रभावित भएको छ। केही क्षेत्रमा पाँच इन्च अर्थात् १२ दशमलव ७ सेन्टिमिटरसम्म पानी परेको छ। न्युयोर्कका गभर्नर क्याथी होचुलले मानिसलाई सुरक्षित रहन र बाढी पसेका सडकमा यात्रा नगर्न आग्रह गरेका छन्।

हवाई यात्रुलाई पनि यात्रा गर्नुपूर्व अधिकारीसँग सोधीखोजी गर्न अनुरोध गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved