छेन्दू पुगे प्रधानमन्त्री प्रचण्ड, भोलि स्वदेश फर्कने

शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले जाइन्ट पाण्डा ब्रिडिङ (प्रजनन्) अनुसन्धान केन्द्रको अवलोकन गर्ने उनको सचिवालयले जनाएको छ।

नेपालभ्युज

छेन्दू पुगे प्रधानमन्त्री प्रचण्ड, भोलि स्वदेश फर्कने

काठमाडौं। देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो छेन्दू पुगेका छन्।

उनलाई छेन्दूमा सिचुवान प्रान्तका भाइस गभर्नर याङ सिङपिङ र प्रान्तीय सरकारका डेपुटी सेक्रेटरी जेनरल जिसिआओपेङलगायत अधिकारीले स्वागत गरे।

शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले जाइन्ट पाण्डा ब्रिडिङ (प्रजनन्) अनुसन्धान केन्द्रको अवलोकन गर्ने उनको सचिवालयले जनाएको छ।

यस्तै, सिचुवान प्रान्तका पार्टी सचिव वाङ सिआओहुई नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय बैठकमा सहभागी पनि हुने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड साताव्यापी भ्रमण सकेर शनिबार स्वदेश फर्कने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved