कपालमा मेलानिन कसरी बढाउने ?

नेपालभ्युज

कपालमा मेलानिन कसरी बढाउने ?

एजेन्सी । कपालमा मेलानिनको कमीले गर्दा कपालसम्बन्धी समस्याहरु हुन सक्छ । तर यसलाई सजिलै बढाउन सकिन्छ । आउनुहोस् जानौं कपालमा मेलानिन बढाउने केही सजिलो तरिकाहरु–
अमला कपाल र छालाका लागि एकदमै लाभदायक हुन्छ । यसले छाला सँगसँगै कपालमा पनि मेलेनिन बढाउन सहयोग गर्छ । यसका लागि तपाईं अमलाको सेवन गर्न सक्नुहुन्छ ।

भृंगराजको तेलका एकदमै धेरै फाइदाहरु हुन्छन् । यसलाई लगाउँदा कपालमा चमक बढ्नुका साथै कपाल सेतो हुने समस्या पनि कम हुन्छ । यसका लागि तेलमा अमला पाउडर मिसाएर लगाउन सकिन्छ ।

चमेली फूलका पनि छाला तथा कपालका लागि एकदमै धेरै फाइदाहरु हुन्छन् । यसको प्रयोग गर्नाले कपालमा मेलानिनको उत्पादन बढ्छ । यसका लागि तपाईं यसको पेस्ट बनाएर लगाउन सक्नुहुन्छ ।

मेलानिनको उत्पादनका लागि तपाईंले एन्टीअक्सीडेन्ट्सले भरपूर खाना तथा डार्क चकलेट, हरियो तरिकारी तथा गेडागुडी आदिको सेवन गर्न सक्नुहुन्छ ।

कपालमा मेलानिन बढाउनका लागि तपाईं भिटामिन बी ६ र भिटामिन बी १२ ले भरपूर आहार लिन सक्नुहुन्छ । यो स्वास्थ्यका साथसाथै कपालका लागि पनि एकदमै फाइदाजनक हुन्छ ।

कपालमा मेलानिनको उत्पादन बढाउनका लागि तपाईं त्रिफला चूर्णको प्रयोग पनि गर्न सक्नुहुन्छ । यसका लागि तपाईं नरिवलको तेलमा यसलाई मिलाएर कपालमा लगाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved