रातको खानापछि आधा घण्टा हिँड्दा हुने फाइदा

नेपालभ्युज

रातको खानापछि आधा घण्टा हिँड्दा हुने फाइदा

एजेन्सी । कतिपय मानिस रातको खाना खाएपछि तुरुन्तै सुत्ने गर्छन्, जसले गर्दा स्वास्थ्यसँग जोडिएका कैयौं प्रकारका समस्याहरु हुन थाल्छन् । त्यसैले रातमा खाना खाएपछि कम्तीमा आधा घण्टा हिँडडुल गर्नुभयो भने तपाईंको स्वास्थ्यमा धेरै फाइदाहरु हुन सक्छन् । जानौं ती फाइदाका बारेमा–

  •  रातको समयमा खाना खाएपछि करीब १५ देखि ३० मिनेट हिँड्दा पाचन क्रिया राम्रो हुन्छ, मेटाबोलिज्म तीव्र हुन्छ र खाना राम्रोसँग पच्ने गर्छ ।
  •  खानापछि करीब ३० मिनेट हिँड्ने गरेमा तौल पनि कम हुन्छ । खाना खाएपछि हिँड्दा मेटाबोलिज्म तीव्र हुन्छ जसले गर्दा तौल कम हुँदै जान्छ ।
  •  रातमा खाना खाएपछि करीब ३० मिनेट हिँड्दा तनाव बढाउने हर्मोन कार्टिसोलमा कमी आउँछ जसले दिमाग शान्त हुन्छ र तनाव कम हुन्छ ।
  • रातको खाना पछि आधा घण्टा हिँड्ने गर्दा राम्रो निद्रा आउँछ । यसैगरी निद्रा कम आउने वा समयमा निद्रा नलाग्ने समस्या पनि कम हुन्छ ।
  •  रातमा खानापछि हिँड्नुलाई शरीरका लागि एकदमै फाइदाजनक मानिएको छ । यसले मुटु सम्बन्धी समस्याहरु पनि कम हुन्छन् र स्ट्रोकको खतरा पनि कम हुन्छ ।
  •  रातमा खानापछि हिँड्दा ग्यास, अपच, वाकवाकी जस्तो समस्या पनि हुँदैन जसले गर्दा पेट सफा हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved