राहत शिक्षकहरूले आज सडकमा सुतेर प्रदर्शन गर्ने

नेपालभ्युज

 राहत शिक्षकहरूले आज सडकमा सुतेर प्रदर्शन गर्ने

काठमाडौं। आन्दोलनरत राहत शिक्षकहरूले आज सडकमा सुतेर प्रदर्शन गर्ने भएका छन् । आन्दोलनका लागि आएका हजारौं राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो माइतीघर-बानेश्वर सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन् ।

आन्दोलनरत शिक्षकहरूका अनुसार राज्यले आफूहरूलाई जिउँदो शव बनाएका कारण सांकेतिकरूपमा ‘मुर्दा’ बनेर विरोध जनाउन लागिएको हो ।

‘दिउँसो १२ बजेतिर हामी सडकमा आधा घण्टा लम्पसार शव बनेर पल्टिन्छौं । सांकेतिक रूपमा हामीलाई मार्‍यो भनेर हामी सडकमा सुत्छौं । माइतीघर बानेश्वर सडक खण्डमा हामी पल्टिन्छौं ।’ उनीहरूको भनाइ छ ।

गत असोज ७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच ६ बुँदे सम्झौता भए पनि आफूहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै राहत शिक्षक लगायतले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेका थिए ।

उनीहरूले शतप्रतिशत स्थायीको माग राख्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved