गैरीगाउँ सामूहिक हत्याकाण्डका आरोपीत सार्वजनिक, यस्तो रहेछ हत्याको कारण

घटनापछि खुकुरीसहित भागेका उनलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरिएको हो। उनी बोल्न नसक्ने व्यक्ति हुन्।

नेपाल भ्युज

गैरीगाउँ सामूहिक हत्याकाण्डका आरोपीत सार्वजनिक, यस्तो रहेछ हत्याको कारण

काठमाडौं। काठमाण्डौको तीनकुने सामूहिक हत्याकाण्डका आरोपीतलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार बेलुकी प्रहरीले काठमाडौमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपीत सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो।

घटनापछि खुकुरीसहित भागेका उनलाई सीसीटीभी फुटेजको सहयोगमा पक्राउ गरिएको हो।

उनी बोल्न नसक्ने व्यक्ति हुन्। उनले शब्द उच्चार गर्न सक्दैनन्। बोल्न नसक्ने सञ्जय भण्डारीको प्रहरीले दोभासेको सहयोगमा र उनलाई कापीमा लेखाएर बयान लिएको छ।

गएको शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा चार जनाको हत्या भएको थियो।
दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

प्रहरीले भण्डारी र मोरङ बेलबारीका नवीन राईबीचका रिसइबीका कारण यो घटना भएको र बाँकी अध्ययन गर्दै जाने बताएको छ।
पत्रकार सम्मेलनमा प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले स्थायी घर सिन्धुपाल्चोक भएका भण्डारी काठमाण्डौको काँडाघारीमा रहेको वीरेन्द्र चोकमा बस्दै आएका बताए।

भण्डारीलाई घटनाको क्रममा लगाएको कपडासहित पक्राउ गरिएको राठौरले बताए।

केही दिनअघि विशाल राईले आफूले चलाउँदैको मोटरसाइकल चलाएको विषयमा भण्डारीलाई कुटपिट गरेका थिए। त्यही रिसइबी साँध्नका लागि भण्डारीले राईलाई बारम्बार मार्ने प्रयास गरेका थिए। त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको एसएसपी राठौरले बताए।

भण्डारीले दिदी–भिनाजुको घरबाट खुकुरी ल्याएका थिए। विशाल राईलाई भेटे मार्दिने इसाराबाट बताएका थिए।

भण्डारीले सःमिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ। पहिला राईको हत्यापछि अन्य तीन जनाले पनि देख्ने डरले भण्डारीले उनीहरूको हत्या गरेको अनुसन्धानबाट खुलेको एसएसपी राठौरको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved