रेमिट्यान्समा रेकर्ड, एक महिनामै भित्रियो सवा खर्ब

नेपालभ्युज

रेमिट्यान्समा रेकर्ड, एक महिनामै भित्रियो सवा खर्ब

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा उल्लेख वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यो गत वर्षको तुलनामा २५.८ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्ष २०७९–८० को साउनमा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

अघिल्लो वर्षको साउन मसान्तमा अवधिमा विप्रेषण आप्रवाह २०।३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भइ ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved