प्रिमियर लिग : सिटीले वेस्ट ह्यामलाई हरायो

नेपालभ्युज

प्रिमियर लिग : सिटीले वेस्ट ह्यामलाई हरायो

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ।

लन्डन स्टेडियममा भएको सिटीले युनाइटेडलाई ३–१ गोलअन्तरले पराजित गरेको हो। लिगमा यो सिटीको लगातार पाँचौं जित हो।

सिटीका लागि जिरिमे डोकु, बर्नाडो सिल्भा र एर्लिङ हालान्डले गोल गरे। युनाइटेडका लागि भने जेम्स वार्ड–प्रोसले गोल गरे। खेलको ३६औँ मिनेटमा जेम्सले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाए। ४६औँ मिनेटमा डोकुले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

७६औँ मिनेटमा सिल्भाले सिटी लागि दोस्रो गोल गरे। ८६औँ मिनेटमा हालान्डले सिटीको लागि तेस्रो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved