‘नेपालभ्युज कन्क्लेभ’ आज, आर्थिक उन्नतिका विषयमा विज्ञहरूबीच सघन विमर्श हुँदै

‘समृद्धि, सम्भावना र चुनौती’अवधारणाको एक दिने कन्क्लेभ कार्यक्रममा आर्थिक र सामाजिक उन्नतिका विषयमा विज्ञहरूबीच सघन विमर्श हुनेछ।

नेपालभ्युज

‘नेपालभ्युज कन्क्लेभ’ आज, आर्थिक उन्नतिका विषयमा विज्ञहरूबीच सघन विमर्श हुँदै

काठमाडौं। डिजिटल हाउस प्रालिको आयोजना ‘नेपालभ्युज कन्क्लेभ’ आज हुँदैछ। अनलाईन न्युज पोर्टल ‘नेपाल भ्यूजडटकम’ सञ्चालनको तेस्रो वर्ष प्रवेश गरेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतको उपस्थितिमा ‘नेपालभ्युज कन्क्लेभ’ हुन लागेको हो।

‘समृद्धि, सम्भावना र चुनौती’अवधारणाको एकदिने कन्क्लेभ कार्यक्रममा आर्थिक र सामाजिक उन्नतिका विषयमा विज्ञहरूबीच सघन विमर्श हुनेछ।

अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत आर्थिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरू वक्ताका रूपमा उपस्थित हुँदैछन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ अर्थविद्हरू विश्व गौचन र समीर खतिवडासमेत सहभागी हुने वक्ताका रूपमा रहेको कन्क्लेभमा अर्थतन्त्र र राजनीतिसम्बन्धी विषयमा सघन संवाद हुनेछ।

पछिल्लो समय कोरोना महामारीपछि अर्थतन्त्रलाई नराम्ररी प्रभावित गरिरहेको पृष्ठभूमिमा नेपालभ्युज कन्क्लेभले प्रधानमन्त्रीसहित आर्थिक क्षेत्रका अगुवाहरूबीच छलफल गराएर चुनौतीलाई अवसरमा बदल्ने अवधारणा प्रस्तुत गर्ने डिजिटल हाउसको विश्वास छ।

अपराह्न साढे ४ पछि हुने कार्यक्रमको नेपालभ्युजको फेसबुक र युट्युब पेजसहित विभिन्न मिडियाबाट प्रत्यक्ष प्रसारण हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved