एजेन्सी । अफिसको माहोल राम्रो छ भने यसले मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ । तर यदि तपाईं टक्सिक यानिकी विषाक्त खालको माहोल भएको अवस्थामा काम गरिरहनु भएको छ भने यसले मानसिक स्वास्थ्यमा असर पर्दछ ।
यस्तो स्थितिमा लगातार काम गर्नाले मानसिक असन्तुलनको शिकार पनि हुन सकिन्छ । हालै स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्यूटमा गरिएको एक अध्ययन अनुसार टक्सिक माहोलमा काम गर्दा छिट्टै मृत्यु हुने खतरा बढ्न सक्छ ।
अध्ययन के भन्छ ?
एपिडिमोलोजी एन्ड कम्युनिटीमा छापिएको रिपोर्टअनुसार कर्मचारी वा कामदारलाई मानसिक प्रेसर, थोरै तलव तथा नोकरीको स्थायित्व नदिनु नै यसको पछाडिका कारणहरु हुन सक्छन् । अध्ययनअनुसार सुरक्षित जागिर वा रोजगारी नहुनुले पनि व्यक्तिमा मानसिक तनाव आउँछ जसले गर्दा छिट्टै मर्ने आशंका बढ्छ । यसका पछाडि युवा वर्गमा जागिरको सुनिश्चितता नहुनु पनि एउटा प्रमुख कारण मानिएको छ ।
टक्सिक माहोलमा काम गर्दा के हुन्छ
अफिसको माहोल नकारात्मक भयो भने मानसिक स्थितिमा नराम्रो असर पर्छ । यस्तोमा कर्मचारीहरु डिप्रेशन, तनाव तथा मानसिक असन्तुलनको शिकार हुन पुग्छन् । यस्तो स्थिति लगातार हुँदा उनीहरुलाई चिढाउने बनाउन सक्छ । यतीमात्र नभएर टक्सिक माहोलमा काम गर्दा उत्पादनशील काम पनि हुँदैन ।
टक्सिक माहोलबाट कसरी टाढा बस्ने
- टक्सिक माहोलबाट बच्नका लागि आफूलाई नकारात्मक विचार फैलाउने व्यक्तिबाट टाढा राख्नुहोस् । यसले तपाईंको उत्पादनशीलता वृद्धि हुन्छ ।
- यदी तपाईं अफिसमा टक्सिक व्यक्तिहरुसँग रहनुहुन्छ र त्यस्तो संगतमा पर्नुभएको छ भने त्यस्तो संगत तथा ग्रुपलाई परिवर्तन गर्नुहोस् । नयाँ तथा सकारात्मक व्यक्तिहरुसँग सम्बन्ध बढाउनुहोस् ।
- घरमा आएपछि अफिसको कामको बारेमा नसोंच्नुहोस् । अफिसकै बारेमा सोँचिरहँदा तपाईंलाई तनाव तथा डिप्रेशन जस्ता समस्या हुन सक्छन् ।
- एकैठाउँमा लगातार काम गरेर बस्नबाट बच्नुहोस् । यस्तो स्थितिको काम छ भने बीच बीचमा ब्रेक लिने गर्नुहोस् ।
- कामको कुनै एउटा काम सकेपछि केहीबेर हिँडडुल गर्नुहोस् । यसले दिमाग अर्कोतिर मोडिन्छ ।
Facebook Comment
Comment