कपासको गद्दामा सुत्नुहोस् अद्भुत फाइदा पाउनुहोस्

नेपालभ्युज

कपासको गद्दामा सुत्नुहोस् अद्भुत फाइदा पाउनुहोस्

एजेन्सी । आरामको निद्रा पाउनका लागि जो कोहीले पनि सबैभन्दा राम्रो गद्दा रोज्ने गर्छ । यस्तोमा यदी तपाईं कपासको गद्दा लिने सोंचिरहनु भएको छ भने यससँग जोडिएको फाइदाका बारेमा कुरा गरौं । यसबारेमा नसासम्बन्धी विशेषज्ञले दिएको सल्लाह पनि समावेश छ ।

  •  कपास एकदमै आरामदायक र मुलायम हुन्छ । यही करणले गर्दा यसले बनेको गद्दालाई  पुरानो समयदेखि नै आरामदायी मानिदै आएको छ ।
  •  कपासको गद्दाले कोठाको रुखोपनलाई सोस्ने गर्छ । यस्तोमा रातको समयमा यसमा सुत्दा गद्दा सुख्खा हुन्छ जसले गर्दा आरामदायी निद्रा आउँछ । साथै बिहान उठ्दा ताजगी महसुस हुने गर्छ ।
  •  त्यस्तै कपासको गद्दा लामो समय पनि चल्छ । यदी तपाईं राम्रो गुणस्तरको कपास भएको गद्दा लिनुभयो भने १० देखि १५ वर्ष आरामले चल्छ । वा पछि पुनः फिटेर प्रयोग गर्न पनि सकिन्छ ।
  •  कपासको गद्दालाई सफा गर्न पनि एकदमै सजिलो हुन्छ । यसलाई कुनै सुतीको कपडाको खोल सिलाउनुहोस् जसलाई निकालेर सफा गर्न सकिन्छ । साथै यदी कुनै दाग लागेको खण्डमा उक्त दागलाई सफा गरेर सुकाइदिनुहोस् ।
  •  कतिपय अवस्थामा गद्दाहरुमा सुत्दा पसिना आउने गर्दा त्यसको दुर्गन्ध आउने गर्छ । तर कपासको गद्दाले पसिना सोस्ने गर्छ जसले गर्दा यसबाट गन्ध पनि आउँदैन ।
  •  कपासको गद्दामा सुत्नाले कुनै पनि प्रकारको एलर्जी पनि शरीरबाट टाढा रहन्छ । कपास प्राकृतिक हुन्छ । यस्तोमा यसको प्रयोगले स्वास्थ्यसँग जोडिएका समस्या पनि हुँदैनन् ।
  •  अन्य विभिन्न प्रकारका गद्दाहरुले आफ्नो ढाड तथा कम्मरको हड्डीलाई नराम्रो असर पनि पुर्‍याउन सक्छ । त्यसैले कपासको गद्दा नै प्रयोग गर्नु फाइदाजनक हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved