बागमती प्रदेशममा चार हजार युवालाई रोजगारी दिने तयारी, १५ करोड बजेट विनियोजन

नेपालभ्युज

बागमती प्रदेशममा चार हजार युवालाई रोजगारी दिने तयारी, १५ करोड बजेट विनियोजन

मकवानपुर ।  बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको दाबी गरेका छन् ।

मन्त्रालयले युवालाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नका लागि रु १५ करोड बजेट छुट्याएर चालु आवमा काम गर्न लागिएको मन्त्री मुक्तानले जानकारी दिए ।

प्रदेशका युवालाई पहिले आम्दानी हुने खालको सीप सिकाउने, त्यही सीप सिकेको काम गर्नका लागि बीउ पुँजी पनि दिएर रोजगारी सिर्जना गर्न लागिएको उनको भनाइ छ ।

प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका युवालाई कार्यक्रममा समेट्न लागिएको उनको भनाइ छ । यस कार्यक्रमको कार्यविधि बनाउन लागिएको मन्त्री मुक्तानले बताए । कार्यविधि निर्माणपछि मन्त्रालयअन्तर्गतका कार्यालय, सिटिइभिटीलगायतका संस्थामार्फत कार्यान्वयन गरिने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा कार्यक्रमका लागि प्रदेश सरकारले बजेट छुट्याए पनि काम भने हुन सकेन । पहिले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा बजेट राखिएको भए पनि पछि फेरि सामाजिक विकास मन्त्रालयमा पठाइएको बजेट समय अभावका कारण काम गर्न सकिएको थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved