अमेरिका बसेर मानव तस्करी गर्ने गिरोहका नाइके पक्राउ

नेपालभ्युज

अमेरिका बसेर मानव तस्करी गर्ने गिरोहका नाइके पक्राउ

काठमाडौं। अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
भारत हुँदै नेपाल आउने क्रममा उनलाई गत बुधबार मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको हो।

गौतम नेपाली युवा–युवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्दै आएको गिरोहका नाइके भएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए। दुई सयजनालाई अमेरिका लगिसकेको र १३ जना अहिले पनि बाटोमा भएको उनले स्विकारेका छन्।

पक्राउ परेकाविरुद्ध प्रहरीले मानव बेचबिखत तथा ओसारपसारका साथै संगठित अपराधको कसुर पनि लगाएको छ।

ब्युरोले गत ७ साउनमा कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। आफ्नो बैंक खाता प्रयोग गर्न दिएर गिरोहलाई सघाउने अन्य दुईजना पनि थुनामा रहेको ब्युरोले जनाएको छ। गिरोहमा धेरैजना भए पनि गौतम नै नाइके भएको एसएसपी श्रेष्ठले बताए।

रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन्। प्रहरीलाई बताएअनुसार उनी पारा ओलम्पिक कमिटीको महासचिव थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved