आरती साहलाई न्याय माग्दै माइतीघरमा केश मुण्डन (तस्वीरहरू)

आरती साहलाई न्याय माग्दै ८५ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका प्रदर्शनकारीहरुले सामूहिक केश मुण्डन गरेका छन्।

आरती साहलाई न्याय माग्दै माइतीघरमा केश मुण्डन (तस्वीरहरू)

काठमाडौं । आरती साहलाई न्याय माग्दै ८५ दिनदेखि माइतीघरमा धर्ना बसिरहेका प्रदर्शनकारीहरुले सामूहिक केश मुण्डन गरेका छन्।

देशमा कानून मरेको भन्दै स्व. साहका बुबा विनोदप्रसाद साह, मामा सन्तोष साहलगायतका आफन्त एवम् सहयोगीहरुले आज सामूहिक केश मुण्डन गरेर सरकारको विरोध गरेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका– ९ की आरती साह गत जेठ ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

आरतीले आत्महत्या गरेको नभइ हत्या भएको माइती पक्षको आरोप छ ।

प्रहरीले यस घटनामा दुई जनालाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved