प्रधानमन्त्रीको न्युयोर्क भ्रमण टोलीमा गंगा दाहालदेखि हरिबोल गजुरेलसम्म

नेपालभ्युज

प्रधानमन्त्रीको न्युयोर्क भ्रमण टोलीमा गंगा दाहालदेखि हरिबोल गजुरेलसम्म

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्युयोर्क भ्रमण टोली तयार भएको छ । भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी प्रधानमन्त्रीपुत्री गंगा दाहालदेखि परराष्ट्रमन्त्री एनपी साउदसम्म छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री एनपी साउदसँगै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्याल रहने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ‍ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्रीको टोली भदौ ३० न्युयोर्क प्रस्थान गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved