चीन भ्रमणको एजेन्डाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध समिति

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको विषयमा छलफल हुँदैछ।

नेपालभ्युज

चीन भ्रमणको एजेन्डाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध समिति

काठमाडौं। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको विषयमा छलफल हुँदैछ।

यसका लागि समितिले प्रधानमन्त्रीलाई नै समितिमा बोलाएको छ। समितिको बैठक केही बेरपछि बस्दैछ।

तर प्रधानमन्त्रीको अरू कार्यक्रम भएकाले बैठकमा जाने नजाने टुङ्गो छैन। छलफलमा परराष्ट्रमन्त्री एनपी साउदलाइ पनि बोलाइएको छ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा सहभागी हुन आगामी असोज दोस्रो साता न्यूयोर्क जाँदैछन्। उतैबाट चीन भ्रमणमा जानेछन्।

प्रधानमन्त्री चीन भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीको कार्यान्वयनमा जोड दिइनेछ । नेपाल र चीनबीचको आर्थिक तथा व्यापार सम्बन्धलाई थप सघन बनाउने, दुई देशबीच रहेका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने र नयाँ नाकाहरू खोल्ने विषय रहने बताइको छ।

सडक, ऊर्जा, कृषि, विज्ञान तथा प्रविधि तथा व्यापार र विकास सहायता क्षेत्रमा कनेक्टिभिटी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका रूपान्तरणकारी परियोजनाहरूमा चीनको सहयोग विस्तारको विषयसमेत प्राथमिकतामा रहनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved