मेयर बालेनलक्षित काठमाडौं प्रशासनको विज्ञप्ति– कानुन सबैलाई बराबर हो, जथाभावी वक्तव्यबाजी नगर्नू

जिल्ला प्रशासन कार्यालयले ‘सार्वजनिक विदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नु पर्ने’नियमसमेत सम्झाएको छ।

नेपालभ्युज

मेयर बालेनलक्षित काठमाडौं प्रशासनको विज्ञप्ति– कानुन सबैलाई बराबर हो, जथाभावी वक्तव्यबाजी नगर्नू

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध हो।

काठमाडौं महानगरपालिकाको नाम नलिई जिल्ला प्रशासन कार्यालयले ‘सार्वजनिक बिदाको दिनमा सरकारी गाडी प्रयोग गर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास बोक्नुपर्ने’नियमसमेत सम्झाएको छ।

‘लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेको भन्दै प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको’ जनाएको छ।

बालेनले सुटुक्क हटाए ‘सिंहदरबारमा आगो लगाउने’ चेतावनी दिइएको स्ट्याटस

मेयर शाहले आफ्नी श्रीमती चढेको काठमाडौं महानगरपालिकाको सरकारी गाडी बिदाको दिन रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकी पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो।

श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले ‘सिंहदरबारमा आगो लगाइदिने भन्दै’ फेसबुकमा धम्कीपूर्ण स्ट्याटस लेखेका थिए। तर, चौतर्फी आलोचना भएपछि बालेनले उक्त स्ट्याटस भने अहिले फेसबुकबाट हटाइसकेका छन्।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा बालेनको धम्कीको चर्को आलोचना भएपछि आइतबार बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रहरीलाई आक्षेप लगाएर उम्किन खोजेको थियो।

चेकिङको नाममा सुरक्षाकर्मीबाट अभद्र व्यवहार भएको आरोप बालेनको सचिवालयले लगाएपछि जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारेको हो। कुनै गुनासो भएमा प्रमाणसहित गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी दिन तर जथाभावी वक्तव्यबाजी नगर्न जिल्ला प्रशासन कार्यालयले भनेको छ।

एक साताअघि नै बालेनलाई पुत्री लाभ, ‘अराजक अभिव्यक्ति’को बचाउका लागि सेन्टिमेन्ट बटुलिँदै

काठमाडौं प्रशासनको विज्ञप्ति

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved