‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीले गरे शुभारम्भ

नेपालभ्युज

‘हेलो सरकार’ २४ सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीले गरे शुभारम्भ

काठमाडौं । नागरिकको गुनासो सुन्न सरकारले सुरु गरेको ‘हेल्लो सरकार’ सेवा २४ सै घण्टा सञ्चालन हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘हेल्लो सरकार’को २४ घण्टे सेवा शुभारम्भ गरेका हुन् ।

१२ वर्षदेखि सञ्चालनमा रहेको यो सेवालाई अहिले तीन सिफ्टमा विस्तार गरी २४ घण्टे बनाइएको हो ।

प्रधानमन्त्री प्रचण्डले आइतबार हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।

सेवा शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved