ओलीको आरोप- भ्रष्टाचार नियन्त्रणका नाममा उद्योगपतिको गला रेट्न खोजियो

नेपालभ्युज

ओलीको आरोप- भ्रष्टाचार नियन्त्रणका नाममा उद्योगपतिको गला रेट्न खोजियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार नियन्त्रणका नाममा उद्योगपतिको गला रेट्न खाेजेको आरोप लगाएका छन् ।

एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– अहिले भ्रष्टाचार नियन्त्रण र विरोधका नाममा राष्ट्रिय उद्योगपति र राष्ट्रिय पुँजीलाई गला थिच्ने र रेट्ने काम यो सरकारले गरिरहेको छ ।

उनले यती होल्डिङ्समा भएको भनिएको अनियमिताको छानबिन गर्न पनि सरकारलाई चुनौती दिएका छन् । ‘यती होल्डिङ्स, यती एयरलाइन्स भनेर कराउँछन् । खोजी गर न त यो सरकारलाई भन्दैछु म’, उनले भने, ‘खोजी गर राष्ट्रिय पुँजीविरोधी हौ, एउटा गरिबले गरिखाएको तिमीहरूले देख्न सक्दैनौं । गर न त छानबिन गर ।’

उनले सुन तस्करी प्रकरणमा सरकारकै संलग्नता भएको आरोप पनि दोहोर्‍याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved