कालो लामो कपालका लागि गर्नुहोस् यस्ता फूलको प्रयोग

नेपालभ्युज

कालो लामो कपालका लागि गर्नुहोस् यस्ता फूलको प्रयोग

एजेन्सी । कपालको लम्बाइ बढाउन तथा बाक्लो बनाउन अनेक उपाय अपनाइन्छ । तीमध्ये विभिन्न फूलहरूको प्रयोग पनि एक हुन सक्छ । जानौं कुन फूलको प्रयोग गरेर कपालको स्याहार कसरी गर्न सकिन्छ ।

कुसुम फूल

हिबिस्कसको नामले चिनिने कुसुम फूल कपालका लागि एकदमै राम्रो मानिन्छ । यसमा भिटामिन, मिनरल्स तथा एन्टिअक्सिडेन्ट आदि पाइन्छन् । जसले गर्दा कपाल झर्ने समस्या कम हुन्छ । साथै, यसले कपालको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । कुसुम फूलको मास्क बनाएर कपालमा लगाउन सक्नुहुन्छ । हिजोआज बजारमा पनि यो फूल प्रयोग गरेर बनाइएका स्याम्पु, तेल, कन्डिसनर पनि पाइन थालेका छन्।

क्यामोमाइल

क्यामोमाइल फूलबाट बनेको चिया स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । त्यसरी, नै कपालका लागि पनि यो फूलको प्रयोग गर्न सकिन्छ । यदि, प्राकृतिक रूपमै कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसको प्रयोग गर्न सक्नुहुन्छ । तपाईं क्यामोमाइल चियालाई सेलाइसकेपछि कपालमा प्रयोग गर्न सक्नुहुन्छ ।

चमेली

अंग्रेजीमा ज्यास्मिन भनिने चमेली फूल पनि कपालका लागि एकदमै राम्रो मानिन्छ । चमेलीको फूलले प्राकृतिक कन्डिसनरको रूपमा काम गर्दछ । यसले रुखो कपाललाई मुलायम बनाउँछ । साथै स्काल्पको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । त्यस्तै कपालका लागि तपाईं चमेलीको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ ।

लेभेन्डर

ल्यावेन्डरको फूल पनि कपाल तथा स्काल्प चिसो राख्नका लागि एकदमै राम्रो हुन्छ । गर्मी मौसममा घामले बिग्रिएको कपाललाई राम्रो बनाउन पनि यो फूलको प्रयोग गर्न सकिन्छ । फूललाई पिसेर लेप तयार गर्ने र त्यसलाई कपालमा लगाउन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved