कोशी प्रदेश सरकारविरुद्धको रिटको आज सुनुवाइ हुँदै

नेपालभ्युज

कोशी प्रदेश सरकारविरुद्धको रिटको आज सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ ।

मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदले समेत मत हालेर विश्वासको मत लिएको विषयको रिटमा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो ।

सभाअध्यक्षको भूमिकामा रहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।

७ भदौमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सभाअध्यक्ष मन्सुरीको मतको आधारमा थापाले ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्रदेशसभा सदस्य अर्थात ४७ जनाको समर्थन पाएका थिए ।

सर्वोच्चले यो मुद्दा छिटो छरितो रुपमा निरुपण गर्नुपर्ने भन्दै १५ भदौ (आज) पेशी तोकेर अग्राधिकार दिन आदेश दिएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved