सरकार लामो समय टिक्नेमा प्रचण्डकै शंका, भ्रष्टाचारविरुद्ध जनतालाई सडकमा उतार्ने उद्घोष

नेपालभ्युज

सरकार लामो समय टिक्नेमा प्रचण्डकै शंका, भ्रष्टाचारविरुद्ध जनतालाई सडकमा उतार्ने उद्घोष
  फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार लामो समय टिक्नेमा शंका व्यक्त गरेका छन् ।

सरकार धेरै समय टिक्नेमा विश्वस्थ नभएको भन्दै उनले भनेका छन्, ‘मैले सरकारको नेतृत्व गर्दैगर्दा १५ दिन भए पनि, एक महिना भए पनि राम्रो काम नै गर्नेछु । राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ भने हेर्छु । म सरकार छोड्न गाह्रो मान्ने मान्छे होइन ।’

उनले भ्रष्टाचारविरुद्ध जनतालाई सडकमा उतार्ने घोषणा पनि गरेका छन् । सुर्खेतमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बर्खायाम सकिएपछि जनतालाई सडकमा उतार्ने उद्घोष गरेका हुन् ।

उनले राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने बताए ।

‘प्रचण्ड’ले एमसीसीका कारण समाजवादी मोर्चामा खटपट आएको चर्चालाई भने अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने– यो मोर्चा अगाडि बढ्छ । धेरै टाढासम्म पुग्नेवाला छ ।’

उनले सुशासनको अभियानप्रति सरकार दृढ रहेको प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved