सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

नेपालभ्युज

सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई बुधबार पक्राउ गरेपछि अदालमा पेश गरेको थियो।

सुन तस्करी प्रकरण स् पूर्वसभामुख महराका छोरा राहुल पक्राउ

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको हो। विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा उनी जोडिएका छन्।

विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी नेता महरा र छोरा राहुलमाथि छानबिन थाल्न प्रहरीलाई सरकारी वकिलको निर्देशन दिएपछि सीआईबीले पक्राउ परेको हो।

केन्द्रीय अनुसन्धान सुन तस्करीको अनुसन्धान प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

त्यसपछि सीआइबीले राहुललाई पक्राउ गरेको हो।

राहुलले सुन तस्करीको अनुसन्धानका क्रममा पक्राउ परेका चिनियाँ नागरिकसँग २३४ पटक टेलिफोन सम्पर्क गरेको अभियोगपत्रमा उल्लेख छ।

सुन तस्करी प्रकरणमा महरा बाउ छोराको संलग्नता रहेको भनिएपछि सत्ताको आडमा उनीहरुमाथि अनुसन्धान नै हुन सकिरहेको थिएन।

सुन तस्करी प्रकरण : महराका बाबुछोरामाथि होला त अनुसन्धान ?

महराबारे माओवादी नेताहरूकै फरक -फरक धारणा !

महराका बाबु–छोरामाथि अनुसन्धान थाल्न प्रहरीलाई सरकारी वकिलको निर्देशन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved