काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले माओवादीसाग कुनै पनि सहमति नभएको दाबी गरेका छन् । माओवादी नेताले नै कोशीमा राप्रपाले गठबन्धनलाई सघाउने शर्तमा संसदीय समितिको नेतृत्व दिएको बताइरहँदा अध्यक्ष लिङ्देनले भने कुनै सहमति नभएको दाबी गरेका हुन् ।
मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष लिङदेनले एमालेले आफ्नो सिट संख्याको आधारमा तीनवटा समितिको नेतृत्व पाएजस्तै आफूहरुले पनि त्यसैलाई आधार मानेर एउटा समितिको नेतृत्व गर्ने मौका पाएको बताए ।
अध्यक्ष लिङ्देनले कोशीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा उपयुक्त हुने पनि बताए ।
लिङ्देनले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जान नदिने विभिन्न उपायहरु रहेको उल्लेख गर्दै त्यसमा दलहरुबीच छलफल हुने र निकास निस्कने विश्वास व्यक्त गरे ।
Facebook Comment
Comment