इमरान खानको जेल सजाय इस्लामावाद उच्च अदालतबाट खारेज

नेपालभ्युज

इमरान खानको जेल सजाय इस्लामावाद उच्च अदालतबाट खारेज

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध सुनाइएको जेल सजाय उच्च अदालतले खारेज गरिदिएको छ। खानलाई सुनाइएको तीन वर्षको जेल सजाय इस्लामावाद उच्च अदालतले मंगलबार खारेज गरेको हो।

यसअघि ट्रायल कोर्टले खानविरुद्ध भ्रष्टाचार अभियोगमा सजाय सुनाएको थियो । उच्च अदालतका मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज हुने फैसला सुनाएको पाकिस्तानी संचारमाध्यमले जनाएका छन् ।

ट्रायल कोर्टले खानलाई पाँच वर्षसम्म चुनाव लड्न समेत अयोग्य ठहराएको थियो। त्यसविरुद्ध पूर्व प्रधानमन्त्री खानले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved