संसदीय समितिमा भएको सहमतिले सरकारलाई पूर्णता दिने बाटो खोल्यो : प्रधानमन्त्री

नेपालभ्युज

संसदीय समितिमा भएको सहमतिले सरकारलाई पूर्णता दिने बाटो खोल्यो : प्रधानमन्त्री
  फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिको नेतृत्व चयन गर्दा दलहरुबीच भएको सहमतिले सरकारलाई पूर्णता दिन सहज हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकार सफल रहेको दाबी गर्दै यस्तो बताएका हुन् ।

उनले भने– मलाई लाग्छ सरकार फेल खाएको छैन र फेल खाँदैन । सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने मेरो विश्वास छ । हिजो सदनमा समिति बनाउँदा जुन सहमतिको वातावरण बनेको छ, त्यसले सरकारलाई पूर्णता दिने कुरामा पनि सहजता ल्याउँछ भन्ने मेरो विश्वास छ ।’

तर सत्ताघटक दलकै सांसदहरुले भने सरकारको गतिविधिप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved