के नुहाउँदा दैनिक साबुनको प्रयोग सही हुन्छ ?

नेपालभ्युज

के नुहाउँदा दैनिक साबुनको प्रयोग सही हुन्छ ?

एजेन्सी । हाम्रो समाजमा धेरै जसो व्यक्ति नुहाउँदा साबुनको प्रयोग गर्छन् । यो वर्षौंदेखि नै चल्दै आइरहेको छ । साबुन विभिन्न ब्रान्ड तथा कम्पनीका भए पनि अत्यधिक मानिस नुहाउनका लागि साबुनकै प्रयोग गर्छन् ।

यस्तोमा यो जान्न जरुरी हुन्छ कि दैनिक रुपमा साबुनको प्रयोग हाम्रो शरीरका लागि कति राम्रो हुन्छ र यसले छालामा कस्ता असर पर्छन् ?

हामी सबैलाई थाहा छ साबुनमा यस्ता तत्व हुन्छन्, जो छालाका लागि सही नहुन पनि सक्छन् । साबुनलाई फ्याट तथा अन्य केही तत्व मिलाएर बनाइन्छ जसले छाला सफा हुन्छ । तर ती तत्वका कारणले साबुनको पीएच लेवल बढ्छ जसले हाम्रो छालामा नोक्सान पुर्‍याउन सक्छ ।

यसले छाला सुख्खा हुने, फुट्ने तथा चिलाउने समस्या हुन सक्छ । कतिपय साबुनको साइड इफेक्टले मानिसलाई रातो दाना आउने पनि हुन्छ । विशेषगरी सुख्खा छाला हुने व्यक्तिले यसबारेमा ख्याल पुर्‍याउनुपर्छ ।

विशेषज्ञले दिने सल्लाहअनुसार माइल्ड साबुनको प्रयोग गर्नुहोस् जसले छाला सुख्खा हुने समस्या नहोस् । यसबाहेक यदि कसैलाई एक्जिमा, र्‍यासेज तथा छालासँग जोडिएको कुनै समस्या छ भने साबुनको प्रयोग नगर्नुहोस् । छाला विशेषज्ञलाई सम्पर्क गर्नुहोस् ।

अत्यधिक साबुनले छालालाई सुख्खा बनाउने तथा चिलाउने समस्या हुने भएकाले विकल्पमा जेलको प्रयोग गर्न सक्नुहुन्छ । अहिले बजारमा जेलको माध्यममा बनाइएका साबुन पनि पाइन्छन् । जसको प्रयोगले छाला सुख्खा हुने समस्या धेरै हदसम्म कम गर्न सकिन्छ । यसले साबुनको तुलनामा छालामा कम नोक्सान गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved