बाराही सेदीले ११ लाख ६० हजार कित्ता सेयर बराबरको आईपीओ जारी गर्दै

नेपालभ्युज

बाराही सेदीले ११ लाख ६० हजार कित्ता सेयर बराबरको आईपीओ जारी गर्दै
काठमाडौं । बाराही सेदी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । २०२५ बाट सञ्चालनमा ल्याउने गरी पोखराको लेक साइडमा पाँचतारे होटेल बनाइरहेको कम्पनीले सूचना जारी गर्दै आईपीओ निष्कासन गर्ने जानकारी गराएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १६ करोड रुपैयाँको १० प्रतिशत हुने गरी ११ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । जहाँ उक्त होटेलले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । होटेलले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved