आचरण सुधार नगर्ने हजारौंलाई चिनियाँ कम्युनिष्ट पार्टीको दण्ड

नेपालभ्युज

आचरण सुधार नगर्ने हजारौंलाई चिनियाँ कम्युनिष्ट पार्टीको दण्ड

बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले निर्धारण गरेका आचरण सुधारका आठबुँदे संहिता उल्लङ्घन गरेको आरोपमा हजारौँलाई दण्ड दिइएको छ ।

अनुशासन कायम नगरेको अभियोगमा गत महिना ११ हजार छ सय ७४ जनालाई सजाय गरिएको भ्रष्टाचार विरोधी निकायले सोमबार जनाएको हो ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय अनुशासन निरीक्षण आयोग र सुपरिवेक्षणको राष्ट्रिय आयोगले जारी गरेको विज्ञप्तिअनुसार सरकारी सेवाका आठ हजार एक सय ५७ अनियमितताका मामिलामा संलग्न आठ हजार ५३ जनालाई अनुशासनको कारबाही गरिएको हो ।

कर्मचारीतन्त्रलाई कर्मचारीको हितका निम्ति मात्र अधिक उपयोग गरेका पाँच हजार चार सय ५७ जना यहीक्रममा कारबाहीमा परेका छन् । आमोदप्रमोद एवं सुखसुविधामा आफूलाई केन्द्रित गरेका छ हजार दुई सय जनालाई सजाय दिइएको विज्ञप्तिमा जनाइएको छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved