शरीरका लागि निकै फाइदाजनक हुन्छ खजुर

नेपालभ्युज

शरीरका लागि निकै फाइदाजनक हुन्छ खजुर

एजेन्सी । खजुरको नियमित सेवनले स्वास्थ्यसँग जोडिएका कयौं समस्या कम गर्न सहयोग गर्छ । आउनुहोस् जानौं खजुरका फाइदाबारे ।

खजुरमा कार्बोहाइड्रेट, पोटाशियम, आइरन तथा भिटामिन ए र के को मात्रा भरपूर रुपमा पाइन्छ । जो शरीरमा ऊर्जा बुस्ट गर्नका लागि एकदमै आवस्यक हुन्छ ।

खजुरमा भिटामिनका विभिन्न प्रकार पाइन्छन् जो तनाव कम गर्न र मनोबल बढाउनका लागि सहयोगी हुन्छ ।

खजुरमा पोटाशियमको राम्रो मात्रा हुन्छ जो रक्तचाप नियन्त्रण गर्नका लागि पनि फाइदाजनक हुन्छ । हृदयलाई स्वस्थ राख्नका लागि पनि खजुरको नियमित सेवन गर्नु राम्रो हुन्छ ।

खजुरमा डायट्री फाइबरको राम्रो मात्रा हुने भएकाले पाचन प्रक्रियालाई राम्रो बनाउन सहयोगी हुनंछ । यसको नियमित सेवनले पेट सम्बन्धी समस्याबाट छुट्कारा पाउन सकिन्छ ।

अहिलेको खराब जीवनशैलीका कारणले मानिसमा बाँझोपनको समस्या अत्यधिक देखिन्छ । यस्तो समस्याबाट बच्नका लागि पनि नियमित खजुरको सेवन गर्नु लाभदायक हुन्छ ।

खजुरलाई दुधमा मिसाएर पनि सेवन गर्न सकिन्छ । त्यसका लागि एक गिलास दुधमा ५ देखि ६ वटा खजुर राखेर उमाल्ने र उक्त दुध पिउन सकिन्छ । साथै यसलाई बिहानको नास्तामा पनि समावेश गर्न सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved