आरती साह मृत्यु प्रकरणको अनुसन्धान सुरु

नेपालभ्युज

आरती साह मृत्यु प्रकरणको अनुसन्धान सुरु

धनुषा। धनुषाकी आरती साहको मृत्यु प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान सुरु गरेको छ ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक विकास खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी आरती मृत्यु प्रकरणका सम्बन्धमा सुक्ष्म अनुसन्धान थालिएको हो ।

समितिले घटनास्थल, मृतकका माइती तथा ससुराली पक्षका आफन्त, छिमेकी, आरेक नेपालका प्रतिनिधिलगायतसँग जानकारी लिएको छानबिनमा संलग्न रहेका समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

आरतीका आमाबुबासहित आफन्तले घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौं माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका थिए । माइती पक्षले आरतीको हत्या गरिएको भन्दै छानबिनका माग गर्दै आएका छन् ।

मृतकका ससुराली पक्षले आरती साहले आफै आत्महत्या गरेको दाबी गरेका थिए । प्रहरीले दुई जनालाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved