गिरीबन्धु टी स्टेटबारे छानबिन जरुरी नै छैन- ओली

नेपालभ्युज

गिरीबन्धु टी स्टेटबारे छानबिन जरुरी नै छैन- ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि स्टेटको जग्गाबारे छानबिन गर्न जरुरी नै नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरीबन्धु टि स्टेटको जग्गाबारे छानबिन गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताएका हुन् ।

‘अहिले गिरीबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् । पहिला बिनाकानूनको जमिन दिइएको थियो, हामीले सट्टाभर्नाका लागि कानून बनाइदिएका छौं’, उनले भने, ‘त्यसको अनुसन्धान गर्न आवश्यकता नै छैन, गर्न मन लागे गरे हुन्छ ।’

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति निष्पक्ष ढंगमा काम गर्ने विश्वास रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved