सुन तस्करी छानबिन समितिको मस्यौदा तयार, सर्वदलीय बैठकले अन्तिम रुप दिने

नेपालभ्युज

सुन तस्करी छानबिन समितिको मस्यौदा तयार, सर्वदलीय बैठकले अन्तिम रुप दिने

काठमाडौं । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरु सम्मिलित कार्यदलले उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।

एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे सहभागी कार्यदलले मस्यौदा बनाएको हो ।

उक्त मस्यौदा केहीबेरमा बस्ने सर्वदलीय बैठकमा पेस हुने र बैठकले अन्तिम रुप दिने बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध पार्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved