सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएका थिए नेपाली नागरिकता

नेपालभ्युज

सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएका थिए नेपाली नागरिकता

काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेका केही चिनियाँ नागरिकसँग नेपाली नागरिकता पनि भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानबिन गर्ने क्रममा ७ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको हो।

अनुसन्धानमा खटिएका एक अधिकारीले ‘ब्रेक शुभित्र राखेर ल्याइएको अवस्थामा करिब ६० केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। सोही टोलीमा सहभागी चिनियाँको नेपाली नागरिकता भेटिएको हो।’
यो प्रकरणमा सीआईबीले सुन तस्करी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

६० किलो सुन बरामद प्रकरणमा धेरै जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास कटेर बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ ३ साउनमा बरामद गरेको थियो। १९ दिनसम्म अनुसन्धान गरेर विभागले सङ्गठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिएको थियो। प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved