एयर इन्डियाको जहाज विमानस्थलको धावनमार्गमै अड्किँदा एक घन्टा अन्तराष्ट्रिय उडान प्रभावित

नेपालभ्युज

एयर इन्डियाको जहाज विमानस्थलको धावनमार्गमै अड्किँदा एक घन्टा अन्तराष्ट्रिय उडान प्रभावित

काठमाडौं। एयर इन्डियाको काठमाडौं दिल्ली उडानको जहाज मंगलबार साँझ त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ। उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो।

एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब एक घण्टा त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो। अपराह्न सवा पाँच बजेदेखि भने उडान अवतरण सुरु भयो।

ह्विल लक भएको जहाजलाई तानेर पार्किङतर्फ ल्याई धावनमार्ग खुला गरिएपछि अरु जाहज उडेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved