प्रधानमन्त्रीले भने- महरालाई जोगाउने भन्ने हुँदैन, अब भ्रष्टाचारका अरु फाइल पनि खुल्छन्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई जोगाउने कुरै नहुने बताएका छन् ।

नेपालभ्युज

प्रधानमन्त्रीले भने- महरालाई जोगाउने भन्ने हुँदैन, अब भ्रष्टाचारका अरु फाइल पनि खुल्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई जोगाउने कुरै नहुने बताएका छन् ।

सिआईबीलाई जसरी पनि महराबारे छानबिन गर्न निर्देशन दिएको भन्दै प्रधानमन्त्री प्रचण्डले कुनै पनि भ्रष्टाचारमा कसैलाई पनि जोगाउने सरकारको लाइन नभएको बताए ।

बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले ललितानिवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट खेल भइरहेको शंका पनि गरे ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणको पनि अनुसन्धान गर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved