काठमाडौं। नेपालस्थित भारतीय दूतावासले ७७औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरस्थित दूतावासमा विशेष कार्यक्रम आयोजना गरेर दूतावासले स्वतन्त्रता दिवस मनाएको हो ।
कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका नेपालीका परिवारलाई सम्मान गरिएको थियो ।
स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडा पनि वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने समयसम्म अमृतकालको रुपमा मनाउने बताए ।
उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको समेत बताएका थिए ।


Facebook Comment
Comment