मेडिकल काउन्सिलको गल्तीले सक्कली चिकित्सक पक्राउ परे- सीआईबी

नेपालभ्युज

मेडिकल काउन्सिलको गल्तीले सक्कली चिकित्सक पक्राउ परे- सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल मेडिकल काउन्सिलको गलत सूचनाका कारण सक्कली चिकित्सक पनि पक्राउ परेको जनाएको छ ।

काउन्सिलले दिएको शंकास्पद नक्कली चिकित्सकको सूचीमा सक्कली चिकित्सक डा. रञ्जितकुमार यादव पनि परेपछि सीआईबीले यस्तो जनाएको हो ।

डा. यादव पक्राउ परेपछि काउन्सिलले नै सीआईबीलाई पत्र लेखेर छुटाइदिन आग्रह गरेको थियो । सीआईबीले भुलबश यादवको नाम परेको भनेपछि सीआईले छाडेको हो ।

नक्कली शैक्षिक प्रमाण पत्र बनाएर एमबीबीएस अध्ययन गरेको भन्दै सीआईबीले यादवलाई साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो ।

पछिल्लो समय सीआईबीले नक्कली सर्टिफिकेट पेश गरेर डाक्टर भएकाहरुको अनुसन्धान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved