एजेन्सी । कतिपय एन्टिबायोटिक औषधिहरूका गम्भीर साइड इफेक्ट पनि हुन सक्छन्, जसले शरीरलाई नोक्सान पुर्याउन सक्छ । यस्तोमा तपाईं औषधिको प्राकृतिक विकल्पहरूको प्रयोग गर्न सक्नुहुन्छ । भान्सामा पाइने कैयौं त्यस्ता चीज छन् जो प्राकृतिकरूपमै एन्टिबायोटिक पनि हुन् । आउनुहोस् जानौं ती कुन कुन चीज हुन् ।
मह
महले एउटा प्राकृतिक एन्टिबायोटिकको रूपमा काम गर्छ, किनकि यसमा एन्टिब्याक्टेरियल तथा एन्टिसेप्टिक गुण भरपुर मात्रामा पाइन्छ । महले घाउहरू छिटो निको हुने तथा संक्रमणलाई ठीक गर्न सहयोग गर्छ ।
बेसार
बेसारमा पनि कैयौं औषधीय गुणहरू हुन्छन् किनकि, एन्टीअक्सिडेन्ट तथा एन्टिइन्फ्लामेटरी गुण पाइन्छन् । यसले शरीरमा फ्री रेडिकल्सबाट हुने नोक्सानबाट बचाउँछ । बेसारको सेवनले इम्युनिटी बढ्छ ।
अदुवा
अदुवामा पाइने एन्टिब्याक्टेरियल तथा एन्टिइन्फ्लामेटरी गुण स्वास्थ्यका लागि एकदमै राम्रो हुन्छ । अदुवाको सेवनले पाचनसम्बन्धी समस्याहरूलाई कम गर्छ । तपाईं दैनिक अदुवाको एउटा सानो टुक्राको सेवन गर्न सक्नुहुन्छ । यो स्वास्थ्यका लागि राम्रो हुन्छ । तर, दिनमा ५ ग्रामभन्दा धेरै अदुवा सेवन गर्नु त्यति फाइदाजनक हुँदैन।
लसुन
लसुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छन्, जो ब्याक्टेरियल तथा फंगल इन्फेक्सनसँग लड्न सहयोग गर्छ ।
ल्वांग
ल्वांगले संक्रमणबाट बच्न मात्रै सहयोग गर्दैन, यसले सुन्निएको तथा दुखेकोमा पनि काम गर्छ । ल्वांगको नियमित सेवनले ओरल इन्फेक्सन, घाउ तथा दुखाइलाई भगाउने काम गर्छ ।
Facebook Comment
Comment